
जुम्लाको चन्दननाथ नगरपालिका–४, जिल्ला समन्वय अगाडि नयाँ व्यवसायका रूपमा ‘सिम्पल टप रेष्टुरेन्ट एण्ड कफी सप’ सञ्चालनमा आएको छ।

स्वादिष्ट खाना, खाजा तथा कफी सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उक्त रेष्टुरेन्टको उद्घाटनका अवसरमा उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष दिल बहादुर रोकाय र चन्दनाथ नगर पालिका क्षेत्र बुढथापाले रिबन काटेर उद्घाटन गरेका हुन।

होटल उद्घाटनमा पत्रकार, स्थानीय, शुभेच्छुक तथा साथीभाइहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा उपस्थितहरूले व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै नयाँ व्यवसायले स्थानीय स्तरमा गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका थिए।

होटेल सञ्चाल प्रतिभा शाहीका अनुसार अनुसार रेष्टुरेन्टमा स्वच्छ वातावरणमा नेपाली परिकार, विभिन्न प्रकारका खाजा, कफी तथा पेय पदार्थ उपलब्ध गराइनेछ। ग्राहकलाई मिठो स्वादसँगै आत्मीय सेवा प्रदान गर्ने लक्ष्यका साथ व्यवसाय सञ्चालन गरिएको होटेल संचालक शाहीले जानकारी दिइन ।

जिल्ला समन्वय कार्यालय अगाडि रहेको यस रेष्टुरेन्टले स्थानीय बासिन्दा, कर्मचारी तथा बाहिरबाट आउने आगन्तुकलाई सहज रूपमा सेवा प्रदान गर्ने अपेक्षा गरिएको संचालक शाहीले बताइन्।

















