तिलाको सूर्योदय आधारभूत विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मानवताको सहकार्यमा सञ्चालित कार्यक्रममा विद्यार्थीलाई सरसफाइ, पोषण, महिनावारी स्वास्थ्यदेखि सर्ने–नसर्ने रोगसम्मका विषयमा व्यवहारिक शिक्षा दिइएको थियोे। तिला गाउँपालिका–राँसास्थित सूर्योदय आधारभूत विद्यालयमा केही दिनयता विद्यार्थीहरूको सिकाइ कक्षाकोठाभित्र मात्र सीमित रहेन। उनीहरूले आफ्नो स्वास्थ्य, सरसफाइ र दैनिक जीवनमा अपनाउनुपर्ने स्वस्थ व्यवहारबारे पनि व्यवहारिक ज्ञान हासिल गरे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मानवताको […]
जुम्लामा ‘सिम्पल टप रेष्टुरेन्ट एण्ड कफी सप’ सञ्चालनमा

जुम्लाको चन्दननाथ नगरपालिका–४, जिल्ला समन्वय अगाडि नयाँ व्यवसायका रूपमा ‘सिम्पल टप रेष्टुरेन्ट एण्ड कफी सप’ सञ्चालनमा आएको छ। स्वादिष्ट खाना, खाजा तथा कफी सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उक्त रेष्टुरेन्टको उद्घाटनका अवसरमा उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष दिल बहादुर रोकाय र चन्दनाथ नगर पालिका क्षेत्र बुढथापाले रिबन काटेर उद्घाटन गरेका हुन। होटल उद्घाटनमा […]
सुर्यज्योति लाइफमा सबैभन्दा बढी बीमा भित्र्याउनेमा जुम्लाका गौरव शाही पनि

बीमा बेच्नु एक व्यवसाय मात्र होइन। यो कसैको भविष्य सुरक्षित गर्ने जिम्मेवारी पनि हो। अझ कर्णालीका विकट गाउँबस्तीमा पुगेर जीवन बीमाको महत्व बुझाउनु र नागरिकलाई जोखिमविरुद्ध सुरक्षित बनाउनु आफैंमा चुनौतीपूर्ण काम हो। यही चुनौतीलाई अवसरमा बदल्दै निरन्तर यात्रामा छन्, जुम्लाका गौरव बहादुर शाही। नेपालगञ्ज शाखामा आबद्ध भएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको बीमा व्यवसायमा सक्रिय शाहीले कर्णालीका […]
जुम्लामा भदौ ७ देखि दोस्रो कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने

जुम्लामा दोस्रो बृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८३ आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति जुम्लाको आयोजनामा हुने महोत्सव भदौ ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ। जिल्लाको कृषि उत्पादन, पर्यटन सम्भावना, स्थानीय व्यापार र कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। यसअघि सम्पन्न महोत्सवका अनुभवलाई […]
त्यो अविस्मरणीय म्याराथन: रगतका दागसँगै दौडिएकी साहसी लि मेइजेन

सफलताको बाटोमा कहिलेकाहीँ शरीर थाक्छ, मन डराउँछ र परिस्थितिले रोक्न खोज्छ। तर लक्ष्यप्रतिको विश्वास बलियो छ भने मानिसले फेरि एउटा पाइला चाल्न सक्छ। सायद यही एउटा पाइला नै सफलताको सुरुवात हो। जब शरीरले विश्राम खोजिरहेको थियो, उनले लक्ष्य रोजिन्। जब पीडाले पाइला रोक्न खोजिरहेको थियो, उनले हिम्मतलाई अगाडि बढाइन्। खुट्टामा देखिएका रगतका दागले उनको दौडको […]
