शुक्रबार, ८ श्रावण, २०८३

भ्रामक समाचार फैलाइयो भन्दै कनकासुन्दरीको ध्यानाकर्षण​


जुम्लाको कनकासुन्दरी गाउँपालिकाले पछिल्लो समय विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा गाउँपालिकासँग जोडेर सम्प्रेषित एकपक्षीय र अपुष्ट समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

​गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर खत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा आधिकारिक पुष्टि नगरी पूर्वाग्रहपूर्ण ढङ्गले प्रकाशित सामग्रीले आम नागरिकमा भ्रम र अविश्वास सिर्जना गरेको भन्दै आपत्ति व्यक्त गरिएको छ।

विज्ञप्तिमा गाउँपालिकाका सबै निर्णय, विकास निर्माण, सवारी साधन, इन्धन तथा प्रशासनिक खर्चहरू प्रचलित कानुन, स्वीकृत मापदण्ड र सार्वजनिक हितका आधारमा पारदर्शी रूपमा सञ्चालन भइरहेको स्पष्ट पारिएको छ।

​कुनै कार्य कानुनविपरीत भएको आशङ्का भए सम्बन्धित संवैधानिक तथा कानुनी निकायबाट हुने अनुसन्धान र प्रक्रियालाई पूर्ण सहयोग गर्न गाउँपालिका प्रतिबद्ध रहेको जनाइएको छ।

साथै, गाउँपालिकाले पत्रकारिताको पेसागत मर्यादा, आचारसंहिता र सत्यतालाई आत्मसात् गर्दै सन्तुलित र तथ्यपरक समाचार मात्र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारकर्मी, नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपाल समक्ष अनुरोध गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार