भ्रामक समाचार फैलाइयो भन्दै कनकासुन्दरीको ध्यानाकर्षण

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले पछिल्लो समय विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा गाउँपालिकासँग जोडेर सम्प्रेषित एकपक्षीय र अपुष्ट समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर खत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा आधिकारिक पुष्टि नगरी पूर्वाग्रहपूर्ण ढङ्गले प्रकाशित सामग्रीले आम नागरिकमा भ्रम र अविश्वास सिर्जना गरेको भन्दै आपत्ति व्यक्त गरिएको छ। विज्ञप्तिमा गाउँपालिकाका सबै […]
जताततै भूपू कर्मचारीको बिगबिगी, डिग्री हुँदापनि सर्वसाधारणले पाउँदैनन् रोजगारी

अवकाश पाएपछि जागिर खान जानेहरुलाई राज्यले कारबाही गर्नुपर्छ । राज्यले घरमा बसेर खाऊँ भनेर पेन्सन दिएको हो, अर्काको जागिर खोस भनेर होइन । रोजगारीमा सबै नागरिकको समान अधिकार छ । तर, राज्यबाट सेवासुविधा बुझिरहेकैले जतापनि हात मारिरहेका छन् । सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ […]




