जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिका–१, बाईराँका ६५ वर्षीय दलजित सार्कीले जंगलमा पाइने जंगली जडीबुटी (सतुवा) खाएपछि बिरामी परेका थिए। उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको थियो।
उपचारकै क्रममा आइतबार बिहान करिब ३:२० बजे चिकित्सकले उनको मृत्यु घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी चिरञ्जीवी दाहालका अनुसार उनले जडीबुटी किन खाएका थिए भन्ने कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी निर्देश बरालले जानकारी दिए ।














