कर्णालीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव चार दिनपछि कैलालीमा फेला

सुर्खेतको चौकुने गाउँपालिका–१ तालागाउँस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बाजुराका एक युवकको शव चार दिनपछि कैलालीमा फेला परेको छ। प्रहरीका अनुसार असार ३१ गते दिउँसो करिब ३ बजे बाजुराको त्रिवेणी नगरपालिका–३ बुबरता निवासी २९ वर्षीय रामबहादुर भण्डारी कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। उनी तालागाउँ निवासी प्रेमबहादुर साउदको लु ३ […]
जंगली जडीबुटी खाँदा जुम्लामा एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिका–१, बाईराँका ६५ वर्षीय दलजित सार्कीले जंगलमा पाइने जंगली जडीबुटी (सतुवा) खाएपछि बिरामी परेका थिए। उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको थियो। उपचारकै क्रममा आइतबार बिहान करिब ३:२० बजे चिकित्सकले उनको मृत्यु घोषणा गरेका हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी चिरञ्जीवी दाहालका अनुसार उनले जडीबुटी […]


