नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिका कोषाध्यक्ष दुर्गाप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा निधन भएको छ।
जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नं. ४ निवासी पाण्डेको आज (असार २१ गते) बिहान निधन भएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी शोक वक्तव्यका अनुसार स्वर्गीय पाण्डेले कांग्रेसको संगठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
उनको निधनले पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्व गुमाएको कांग्रेसले जनाएको छ।
पाण्डेको निधनप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गरेका छन्। उनले स्वर्गीय पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चीर शान्तिको कामना गरेको शोक वक्तव्यमा भनिएको छ।
सभापति थापाले शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।














