जुम्लाको चन्दननाथ नगरपालिका–२ खोलिकोटस्थित सामुदायिक वन क्षेत्रमा जंगली भालुले आक्रमण गर्दा दुई वटा बाख्रा मरेका छन् भने तीन वटा बाख्रा बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर चन्दननाथ नगरपालिका–२ का बखत बहादुर बुढथापा र चन्दननाथ नगरपालिका–३ सान्तिनगरका बल बहादुर बुढथापाको संयुक्त बाख्रा गोठमा भालुले आक्रमण गरेको हो।
खोलिकोटबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको राफै सामुदायिक वन क्षेत्रमा रहेको गोठमा रहेका ४३ वटा बाख्रामध्ये दुई वटा बाख्रा भालुले मारेको र तीन वटा बाख्रा हराएको डिएसपी चिरञ्जीवी दाहालले बताए।
















