मंगलवार, ९ असार, २०८३

खलंगा बसपार्कमा कडा ट्राफिक चेकिङ, कागजात र मापसे परीक्षण

जिल्ला प्रहरी कार्यालय जुम्ला र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले सदरमुकाम खलंगास्थित बसपार्क क्षेत्रमा सोमबार कडा ट्राफिक चेकिङ सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक निर्देश बरालको कमान्डमा सञ्चालन गरिएको अभियानमा सवारी साधनका आवश्यक कागजात, चालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक तथा अन्य कानुनी कागजातहरूको परीक्षण गरिएको थियो।  साथै चालकहरूले मादक पदार्थ सेवन (मापसे) […]

सुर्खेतबाट एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि नियन्त्रणमा

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित शुभम होटलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। पार्टीको कार्यक्रम चलिरहेकै अवस्थामा उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। एमालेको ‘निर्वाचन समीक्षा तथा पुनर्गठन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई कार्यक्रम नसकिँदै प्रहरीले होटल बाहिर बोलाएर नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहेको […]

जुम्ला बजारको ट्राफिक र पार्किङ व्यवस्थापन सुधार गर्न प्रशासनमा ध्यानाकर्षण

जुम्ला सदरमुकाम खलंगास्थित बजार क्षेत्रमा बढ्दो ट्राफिक जाम, अव्यवस्थित पार्किङ तथा मालवाहक सवारीसाधनको अनियन्त्रित आवागमनका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित हुन थालेपछि ‘जुगाड खोला सरसफाइ अभियान मूल समिति, जुम्ला’ले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ। समितिले प्रमुख जिल्ला अधिकारी दिपक पौडेललाई बुझाएको ध्यानाकर्षण पत्रमा पछिल्ला दिनहरूमा बजार क्षेत्रमा सवारी चाप उल्लेख्य रूपमा बढ्दै गएको र […]

खोला मिच्दा शहरमा सँधै डुबानको डर, गाउँमा अहिले पनि तुइनकै भर !

पहिले पहिले डाँडामा घर बनाइन्थ्यो । कारण थियो–डुबानबाट जोगिनु, खेतीयोग्य जमिन बचाउनु । खोला छेउछाउ र गहिरो ठाउँमा खेतीपाती गरिन्थ्यो । खोला छेउछाउ र गहिरो ठाउँमा उब्जनी पनि राम्रो हुन्थ्यो । भूमाफियाले आफू कमाउनका लागि गहिरो ठाउँ, डाँडाकाँडा सबै प्लानिङ्ग गरे र बेचे । आकाशमा गाडाङ्गगुङ्ग गर्नेबित्तिकै भक्तपुरको राधेराधेस्थित घरधनीहरु त्रसित हुन्छन् । कारण हो–डुबान […]

जुम्लामा भालुको आक्रमणबाट दुई बाख्रा मरे

जुम्लाको चन्दननाथ नगरपालिका–२ खोलिकोटस्थित सामुदायिक वन क्षेत्रमा जंगली भालुले आक्रमण गर्दा दुई वटा बाख्रा मरेका छन् भने तीन वटा बाख्रा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर चन्दननाथ नगरपालिका–२ का बखत बहादुर बुढथापा र चन्दननाथ नगरपालिका–३ सान्तिनगरका बल बहादुर बुढथापाको संयुक्त बाख्रा गोठमा भालुले आक्रमण गरेको हो। खोलिकोटबाट करिब […]

ताजा समाचार