जुम्लाको चन्दननाथ नगरपालिका–९ श्रीढुस्का स्थित नाग्म–जुम्ला सडकखण्डमा बुधबार बिहान बोलेरो जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार नाग्मबाट जुम्लातर्फ आउँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बोलेरो जिप ठोक्किँदा मोटरसाइकल चालक २१ वर्षीय खकेन्द्र धराला र मोटरसाइकलमा सवार १८ वर्षीया काली धराला घाइते भएका हुन्।
दुवैको अवस्था सामान्य रहेको छ भने काली धरालाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन जिल्ला ट्राफिक कार्यालय जुम्लाको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
















