सिँजाको रुघा र तरन्देउ खोलामा ‘फिल्ड आर्क ब्रिज’ बन्ने भएको छ। स्थानीय पूर्वाधार विकास परियोजना कार्यालयले ठेक्का लगाएपछि विकट भेग पनि सडक पुर्वाधारसँग जोडिग भएका हुन।
जुम्लाको सिँजा गाउँपालिका–६ स्थित रुघा खोला र तरन्देउ खोलामा निर्माण हुने ‘फिल्ड आर्क ब्रिज’ले स्थानीयलाई राहत हुने सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले बताए।

उनका अनुसार पुल निर्माणले स्थानीय विकास, व्यापार र यातायातमा महत्वपूर्ण योगदान पुग्छ। स्थानीयवासीले पनि लामो समयदेखि माग गर्दै आएको पुल निर्माण भएपछि वर्षायाममा हुने आवतजावतको समस्या हट्नुका साथै कृषि उत्पादन तथा स्थानीय वस्तु बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरेका छन्।

















