लेनदेन मुद्दामा अदालतबाट कैद सजाय तोकिएका फरार प्रतिवादीलाई जुम्ला प्रहरीले पक्राउ गरेको छ।
०८३ साल जेठ १४ गते बिहान जिल्ला प्रहरी कार्यालय मार्तडी, बाजुराबाट प्राप्त पत्रका आधारमा फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख चिरञ्जीवी दाहालले जानकारी दिए
उनका अनुसार पक्राउ पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ निवासी परेगलाल विष्टका छोरा अन्दाजी ४३ वर्षीय नरजंग विष्ट र सोही मुद्दामा साक्षी बसेका अर्का एक जना पनि रहेका छन्। उनीहरू दुवैलाई जनही ३४५ दिन कैद सजाय तोकिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लेनदेन मुद्दाको बिगो भराईपाउँ निवेदनका सम्बन्धमा खोजतलास गर्ने क्रममा उनीहरूलाई आफ्नै घरबाट फेला पारी पक्राउ गरिएको हो। पक्राउपछि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा राखिएको छ।















