शुक्रबार, १५ जेष्ठ, २०८३

गुठीचौरमा कांग्रेस र स्वतन्त्र समूहका नेतासहित १०० बढी रास्वपामा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुठीचौर गाउँपालिकाको पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनसँगै आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र स्वतन्त्र समूहका नेतासहित १०० भन्दा बढी व्यक्ति रास्वपामा प्रवेश गरेका छन्।

रास्वपामा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिकाका बहालवाला गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, गुठीचौर गाउँपालिका–३ का स्वतन्त्र वडा अध्यक्ष इन्द्र बुढा प्रमुख रहेका छन्। 

साथै जुम्लास्थित कान्जिरुवा होटलका सञ्चालक नर्बु लामा तथा लामो समय नेकपा पुर्ब माओवादीमा सक्रिय रहेका गोविन्द्र बुढाले पनि रास्वपामा प्रवेश गरेका छन्।

रास्वपा जुम्लाका सभापति मक्कर भण्डारीका अनुसार पालिका अधिवेशनसँगै विशेष रूपमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो। 

कार्यक्रममा गुठीचौर गाउँपालिका–३ का नेपाली कांग्रेस वडा इकाई समितिका सभापतिसहित विभिन्न राजनीतिक दल तथा स्वतन्त्र समूहमा आबद्ध व्यक्तिहरू रास्वपामा प्रवेश गरेका हुन्।

अधिवेशनबाट उमराज न्यौपानेको नेतृत्वमा नयाँ पालिका समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित समितिको उपसभापतिमा लोकबहादुर बुढा, सचिवमा भक्तबहादुर बुढा, सहसचिवमा डिबीराज बोहरा चयन भएका छन्। 

त्यस्तै सदस्यहरूमा पविता अधिकारी, उनलाई बुढा, राज्यलक्ष्मी नेपाली, कालबहादुर ऐडी र मक्क अधिकारी चयन भएका छन्।

रास्वपाले नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार