आईतवार, १० जेष्ठ, २०८३

रोजगारीका लागि जन्मथलो छोड्न बाध्य युवाको कथा बोकेको ‘कर्णाली तिर’को ट्रिजर सार्वजनिक

ग्रामीण भेगका युवाहरू रोजगारीको खोजीमा घरपरिवार र जन्मथलो छोड्न विवश हुने यथार्थलाई केन्द्रमा राखेर गाइएको गायक अर्जुन सुनारको गीत ‘कर्णाली तिर’ को ट्रिजर सार्वजनिक गरिएको छ। चलचित्रले विशेषगरी कर्णाली क्षेत्रको विकट गाउँमा रहेको अभाव, संघर्ष र पारिवारिक विछोडको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।

सार्वजनिक ट्रेलरमा कर्णालीका सुन्दर पहाडी गाउँ, ग्रामीण जनजीवन र आर्थिक अभावबीच बाँचिरहेका स्थानीयको अवस्था चित्रण गरिएको छ। कथाको मुख्य केन्द्रमा रोजगारीका लागि गाउँ छोड्न बाध्य एक युवकको संघर्ष देखाइएको छ।

मुख्य पात्रको भूमिका निर्वाह गरेका गायक अर्जुन सुनारले परिवारको आर्थिक अवस्थाले गर्दा श्रीमती र सानो बच्चालाई छोडेर परदेशिनुपरेको पीडादायी अवस्था जीवन्त रूपमा प्रस्तुत गरेका छन्। भिडियोमा राज्य लक्ष्मी नेपालीले मुख्य महिला पात्रको भूमिका निर्वाह गरेकी छन्।

भिडियोमा उनले श्रीमान् गाउँमै बसेर दुःखजिलो गर्न आग्रह गरे पनि आर्थिक अभावकै कारण पति घर छोड्न बाध्य हुने अवस्थालाई भावुक ढंगले देखाइएको छ। ट्रिजरमा श्रीमान्-श्रीमतीबीचका आत्मीय क्षण, विछोडपछिको पीडा र प्रतीक्षामा बस्न बाध्य महिलाको मनोदशालाई गहिरो संवेदनासहित प्रस्तुत गरिएको छ।

विशेषगरी कर्णाली नदीको किनार, सुनसान परिवेश र रित्तो घरआँगनमार्फत वैदेशिक तथा बाह्य रोजगारीले ग्रामीण परिवारमा पार्ने असरलाई चलचित्रले प्रभावकारी रूपमा उजागर गरेको देखिन्छ। ग्रामीण संस्कृति, मौलिक पहिरन र कर्णालीको वास्तविक भूगोललाई चलचित्रले जीवन्त ढंगले समेटेको छ।

चलचित्रका निर्देशक आयुष शाही हुन् भने कथा राजेश विश्वकर्माले लेखेका हुन्। क्यामेरामा प्रकाश विश्व रहेका छन् भने। निर्माता दुर्गा रावत रहेकी छन्। त्यस्तै भिडियो सम्पादन मदन नेपालीले गरेका छन्।

विछोड, बेरोजगारी र गाउँबाट हुने युवाको पलायनजस्ता संवेदनशील सामाजिक विषय उठान गरिएको गीतको पूरा भिडियो ‘कर्णाली तिर’ आगामी जेठ १६ गते सार्वजनिक हुने गायक सुनारले जानकरी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार