शनिबार, ९ जेष्ठ, २०८३

पातारासी–५ का वडा अध्यक्ष दत्त बहादुर बुढा पुर्पक्षका लागि जेल चलान

जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडा अध्यक्ष दत्त बहादुर बुढा जबर्जस्ती करणी आरोपमा पुर्पक्षका लागि जेल चलान भएका छन्।

यसअघि पक्राउ परेका बुढामाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। जिल्ला अदालत जुम्लाले प्रारम्भिक सुनुवाइपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्ला का प्रमुख डीएसपी रबिन बाबु रेग्मीका अनुसार बुढालाई पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको थियो। घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित भनिएकी महिलाको पहिचान गोप्य राखिएको छ। पीडितले वडा अध्यक्ष बुढाले पटक–पटक धम्क्याउँदै आफूलाई जबर्जस्ती करणी गरेको उजुरी दिएकी थिइन्।

घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार