बिहीबार, ७ जेष्ठ, २०८३

जुम्ला नेमकिपाका नेता माधव काँफ्ले रास्वपामा प्रवेश

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाका नेता माधव काँफ्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रममा रास्वपाका प्रदेश तथा केन्द्रीय नेताहरूको उपस्थितिमा उनलाई पार्टीमा औपचारिक स्वागत गरिएको हो।

पार्टी प्रवेशपछि काँफ्लेले देशमा सुशासन, पारदर्शिता र राजनीतिक परिवर्तनको आवश्यकता रहेको बताउँदै अब रास्वपाको नीति तथा अभियानसँग सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले जनताले खोजेको परिवर्तनलाई संस्थागत गर्न आफूले नयाँ राजनीतिक यात्रा सुरु गरेको उल्लेख गर्नुभयो।

वि.सं. २०४९ सालदेखि नेमकिपाको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएका काँफ्ले जुम्लामा अध्ययनशील, इमानदार र बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन्। उनी लामो समयदेखि स्थानीय राजनीति तथा संगठन निर्माणमा सक्रिय रहँदै आएका थिए।

रास्वपा कर्णाली प्रदेश सभापति मदन खड्काले काँफलेको आगमनले जुम्लामा पार्टी संगठन थप मजबुत बन्ने विश्वास व्यक्त गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार