मंगलवार, २९ बैशाख, २०८३

जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि कल्पना र धिरलाई

जुम्लामा सम्पन्न सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको ५४ किलोमिटर दुरीको उपाधि पुरुषतर्फ धिरबहादुर बुढा र महिलातर्फ कल्पना बुढाले जितेका छन्। 

धिरबहादुरले ६ घण्टा १२ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। महिलातर्फ कल्पना बुढाले ७ घण्टा ७ मिनेटमा दौड पूरा गर्दै उपाधि आफ्नो नाम गरिन्।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ दोस्रो तथा सोमबहादुर रावत तेस्रो भए। महिलातर्फ सुनसरी रोकाया दोस्रो र सन्ध्या बुढा तेस्रो स्थानमा रहिन्।

यसैगरी १० किलोमिटर पुरुष दौडमा बसन्त बुढा प्रथम, नवीन परियार दोस्रो र राज भण्डारी तेस्रो भए। महिलातर्फ सपना बुढा प्रथम, सुस्मीता भण्डारी दोस्रो र गौकली रावत तेस्रो भइन्। पाँच किलोमिटर बालकतर्फ नोर्भु राना प्रथम तथा बालिकातर्फ कृतिका सुनार प्रथम भइन्।

कर्णाली स्पोर्ट क्लबका अनुसार ५४ किलोमिटरका विजेतालाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पुरस्कार वितरण रारा ताल किनारमा गरिएको छ।

स्थानीय खेलकुदको विकास, युवा प्रतिभाको पहिचान तथा रारा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले कर्णालीलाई खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार