आईतवार, १३ बैशाख, २०८३

पञ्चायतकालीन यथार्थ बोकेको ‘दहाड’ बजारमा

लेखक तथा पत्रकार नवीन अभिलाषीको कथा संग्रह ‘दहाड’ एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण ढकाल, कुमारी लामा र समालोचक राजकुमार बानियाले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन्।

१२ वटा कथाहरू समेटिएको ‘दहाड’ ले विशेषतः पञ्चायतकालीन समाजको यथार्थ, पीडा र संघर्षलाई उजागर गरेको छ।

कार्यक्रममा बोल्दै लेखक ढकालले संग्रहले त्यतिबेलाको दबिएका वर्गको जीवन र भोगाइलाई सशक्त रूपमा प्रस्तुत गरेको बताए। उनका अनुसार कथाहरूले समाजका लुकेका पाटाहरूलाई उजागर गर्दै पाठकलाई गहिरो अनुभूति दिन्छन्।

कथाकार अभिलाषीले आफ्ना कथामा समाजका पीडा, अन्याय र हेपिएका वर्गको आवाज समेटिएको उल्लेख गरे। उनले ‘दहाड’ मार्फत दबिएका मानिसहरूको कथा बाहिर ल्याउने प्रयास गरिएको बताए।

दाङका स्थायी बासिन्दा अभिलाषी हाल बाँकेमा बसोबास गर्दै पत्रकारितामा सक्रिय छन्। ‘दहाड’ उनको तेस्रो कृति हो। यसअघि उनका ‘ईश्वरको अस्थिपञ्जर’ र ‘मौलामा बाँधिएको राँगो’ कविता संग्रह प्रकाशित भइसकेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार