बिहीबार, १० बैशाख, २०८३

अनमी सरितालाई भोली नेशनल सोसल वेलफेयर अवार्ड प्रदान गरिने

६ वर्षको अवधिमा सरिताले जिमा, सिप बर्थिङ सेन्टरमा ४ सय ६९ जना महिलालाई सुरक्षित सुत्केरी गराएकी छन त्यसै गरि १२०० जना गर्भवतीको स्वास्थ्य चेकजाँच गरेको सरिताले बताइन् ।

मुगु जिल्ला सोरु गाउँपालिका स्थित कालै बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमी सरिता कुमारी शाहीलाई भोली शुक्रबार काठमाडौमा भब्य कार्यक्रम बीच नेशनल सोसल वेलफेयर अवार्ड प्रदान गरिने भएको छ ।

अनमी सरिताले बिगत लामो समय देखि मुगुको दुर्गम बस्तीमा कार्यरत रहि जोखिम सुत्केरी आमाको ज्यान बचाउन कार्यरतमा समर्पित रहेको बिषयमा बिभिन्न संचार माध्यममा समाचार प्रकासित भएपछि सिजन मिडियाले अवार्ड प्रदानको लागि नाम सिफारिस गरेको छ ।

‘दुर्गम जिल्लामा रहेर स्थानीय गर्भवती सुत्केरी महिलाहरुको स्वास्थ्य क्षेत्रमा पुर्‍याउनु भएको महत्वपूर्ण योगदानलाई कदर गर्दै यस सिजन मिडियाको आयोजना हुन लागेको’ नेशनल सोसल वेलफेयर अवार्ड २०२५ प्रदान गरिने आयोजक सिजन मिडियाले जनाएको छ ।

मुगु जिल्लाको सोरु गाउँपालिका स्थित सोरु गाउँपालिका—४ की सिनियर अनमी सरिता कुमारी शाही गरिव तथा बिपन्न वर्गका सुत्केरी महिलाको सेवामा समर्पित छिन् ।

भौगोलिक विकट र यातायातको पहुँच नभएको दुर्गम बस्तीमा उनलाई सुत्केरीलाई सेवा दिन त्यति सहज नभए पनि साथीहरु संग परामर्श र समस्याको समाधन गर्दै उनी दुर्गमका जोखिम गर्भवती महिलाको ज्यान बचाउन खटिएकी छन् ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेण्डेक र ब्याकटु लाईफको आर्थिक सहयोगमा निर्माण गरिएको मुगुको बिकट सिप गाउँको बर्थिङ सेन्टरमा कार्यरत सरिता जोखिम सुत्केरी आमा र बच्चाको ज्यान बचाउन रातदिन सेवामा खटिरहिन । उनी ६ बर्ष सम्म उक्त सिप बर्थिङ सेन्टरमा गर्भवती तथा सुत्केरी आमा र शिशुको स्याहार सुशारमा निरन्तर जुटेकी छन् ।

हिमाली दुर्गम क्षेत्रमा भरपर्दो प्रसुती सेवा अभावले अकालमा ज्यान गुमाउन बाध्य भएका सुत्केरी महिलालाई संस्थाको सहयोग र सरिताको सेवाले ज्यान सुरक्षित बनेको छ ।

साधन श्रोत र जनशक्ति अभावका बाबजुद उनी त्यस क्षेत्रका गर्भवती महिलाहरुलाई सुरक्षित प्रसुती सेवा प्रदान गर्न अहोरात्र खटिरहिन । जागिरको सवाल भन्दा पनि आमा र बच्चाको ज्यान बचाउन गरेको कार्य प्रति त्यहाँका महिलाहरुले उनलाई निकै प्रशंसा गर्ने गरेका छन् ।

पहिले यहाँ अकालमा सुत्केरीले ज्यान जाने गथ्र्यो अहिले सरिता मेडम आमा र बच्चाको ज्यान बचाई दिएकी छन् । स्वास्थ्य उपकरण र पर्याप्त जनशक्तिको अभावका बाबजुद पनि उहाँको कुशलताले गर्दा धेरै जटिल अवस्थामा पनि सफल सुत्केरी उपलब्ध भएको स्थानीय महिलाको भनाई छ ।

सेवामा कार्यरत ६ वर्षको अवधिमा सरिताले जिमा, सिप बर्थिङ सेन्टरमा ४ सय ६९ जना महिलालाई सुरक्षित सुत्केरी गराएकी छन त्यसै गरि १२०० जना गर्भवतीको स्वास्थ्य चेकजाँच गरेको सरिताले बताइन् ।

उनले भनिन्, ‘प्रसुती सेवा केन्द्रबाट करिव ६ सय जना सुत्केरी महिलालाई चार पटक स्वास्थ्य चेकजाँच गरेकी छु ।’ सिमित प्रसुती गृहमा सेवा लिन आएका गर्भवती महिला मात्र नभएर बिकट गाउँबस्तीमा पुगेर सरिताले महिलाहरुलाई प्रसुती सेवा बारेमा जनचेतना अभिबृद्धि कार्यमा उनको योगदान रहेको छ ।

घरमा सुत्केरी हुँदा आमा र शिशुको ज्यान असुरक्षित हुन्छ प्रसुतीगृहमा जाँदा ज्यान सुरक्षित हुन्छ भनेर उनले महिलालाई जनचेतना अभिवृद्धि गराएकी छन् ।

पिठ्यूँमा बच्चा बोकेर पनि उनी कालैमा सुत्केरीको सेवा प्रति सरिता समर्पित छन् । कालैमा आए देखि उनले १० जना महिलालाई सुत्केरी गराइ सकेकी छन् । कालै, खनाया, सिडडी गाउँका गर्भवती महिला सुत्केरी हुन बर्थिङ सेन्टरमा आउने गरेका छन ।

पहिले करिव ७५ प्रतिशत भन्दा बढी महिला घरमै सुत्केरी हुने गर्थे अहिले सबै गर्भवती महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउछन सरिताले बताइन । गर्भ चेकजाँच गर्न पनि महिला आउने गरेको उनको भनाई छ ।

दुर्गममा अनेक कठिनाईका बाबजुद सुत्केरीलाई सेवा दिइरहेको सरिताले भनिन्, ‘टाढा टाढा गाउँ’बाट राति सुत्केरी हुन आउछन उठेर सेवा दिनु परेको छ। अहिले घरमा सुत्केरी हुने महिलाको संख्या न्यून छ ।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार