वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइलीस्थित काक्रेबिहार राष्ट्रिय सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको छ।
मिति २०८३ साल बैशाख ९ गते बिहान करिब ११:३० बजे आगलागी भएको सूचना प्राप्त हुनासाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायहरू सक्रिय रूपमा परिचालित भएका थिए।
आगलागी नियन्त्रणका लागि अस्थायी प्रहरी बिट लाटिकोइलीबाट प्रहरी सहायक निरीक्षक कृष्ण बोहराको कमाण्डमा ७ जनाको टोली खटिएको थियो।
यसैगरी, शसस्त्र वन रक्षक कार्यालयबाट ५ जना, नगर प्रहरी ५ जना तथा दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो। सुरक्षा निकायको तीव्र सक्रियताका कारण सोही दिन दिउँसो करिब १२:०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ।
आगलागीबाट भएको क्षतिको विवरण भने हालसम्म खुल्न सकेको छैन। साथै आगलागीको कारणबारे अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।















