जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित सडक किनारको नालीमा ४२ वर्षीया मन बहादुर सार्की मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सोमबार बिहान स्थानीयले नालीमा एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ पुगेको प्रहरी टोली घटनास्थल पुग्दा सार्कीको शव फेला परेको हो।
मृतक सार्की चन्दननाथ नगरपालिका–३ डाँडाकोटका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबु रेग्मीले जानकारी दिनुभयो ।















