दैलेख जिल्लाको ठाँटिकाँध गाउँपालिका–६ स्थित ओखलढुङ्गा बजारमा सामान्य विवादले उग्र रूप लिँदा चक्कु प्रहार भएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार दुई पक्षबीच भएको झगडा छुट्याउन गएका एक व्यक्तिसमेत घाइते भएका हुन्। विवादका क्रममा एक व्यक्तिले चक्कु प्रहार गर्दा दुबै जना घाइते भएका बताइएको छ।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।
घटना लगत्तै चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेका छन्। प्रहरीले फरार आरोपीको खोजी कार्य तीव्र बनाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
















