शुक्रबार, २९ जेष्ठ, २०८३

सिंजा गाउँपालिका ५ र ६ वडामा विद्युतीकरण ढिलाइप्रति स्थानीय आक्रोश

सिंजा गाउँपालिका वडा नं. ५ र ६ मा विद्युत् विस्तार कार्य लामो समयदेखि अधुरै रहँदा स्थानीयवासीले तीव्र असन्तुष्टि जनाएका छन्। वर्षौँदेखि प्रतीक्षामा रहेका यी वडामा विद्युतीकरणको काम अपेक्षित गतिमा अघि नबढ्दा जनजीवनमा प्रत्यक्ष असर परेको छ।

स्थानीय जंगलाल रोकायका अनुसार, पूर्व सांसद गजेन्द्र बहादुर महतको पहलमा जुम्लामा विद्युत् विस्तारका लागि अनुमति प्राप्त भई काम सुरु गरिएको थियो। सुरुआती चरणमा तार तान्ने र पोल गाड्ने काम भए पनि त्यसपछि प्रगति ठप्पजस्तै भएको गुनासो स्थानीयले गरेका छन्।

आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्त नजिकिँदासमेत आयोजना सम्पन्न नभएपछि स्थानीयमा निराशा बढेको छ। ‘काम किन ढिलो भइरहेको हो भन्ने स्पष्ट जानकारी पाइँदैन,’ रोकायाले भने, ‘कामदार अभाव भनिए पनि गाउँमै पर्याप्त युवाशक्ति उपलब्ध छ।’

स्थानीयवासीका अनुसार विद्युत् सेवा विस्तार भएमा शिक्षा, स्वास्थ्य तथा आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। हाल विद्युत् अभावका कारण विद्यार्थीको पढाइ, स्वास्थ्य सेवाको पहुँच तथा साना व्यवसाय सञ्चालनमा समस्या भइरहेको उनीहरूको भनाइ छ।

स्थानीयहरूले सम्बन्धित निकायसँग निर्माण कार्यलाई शीघ्रता दिन, पारदर्शिता कायम गर्न र समयमै आयोजना सम्पन्न गर्न माग गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार