शुक्रबार, २७ चैत्र, २०८२

जुम्ला बाट सुर्खेत जाँदै गरेको एम्बुलेन्स दुर्घटना: २ को मृत्यु, २ घाइते

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको एम्बुलेन्स कालिकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली प्रदेश ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स खाडाचक्र नगरपालिका–२ मान्म बजार तल म्यारखोला नजिक दुर्घटनामा परेको हो।

एम्बुलेन्स जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बताइएको छ।

दुर्घटनामा चालकसहित ४ जना सवार रहेका थिए। तीमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेको नाम र ठेगाना खुल्न बाँकी छ। दुर्घटनामा अन्य २ जना घाइते भएका छन्।

घाइतेमध्ये सोही स्थानका अन्दाजी २० वर्षीय नकेन्द्र शाही रहेको प्रारम्भिक जानकारीमा उल्लेख छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार