माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत मंगलबार सञ्चालन भएको सामाजिक विषयको परीक्षामा गम्भीर लापरबाही पुष्टि भएपछि जुम्लास्थित हिमशिखर माध्यमिक विद्यालय परीक्षा केन्द्रका निरीक्षक राजकुमार रावतलाई केन्द्रबाट निष्कासन गरिएको छ।
परीक्षा सुरु भएको मात्र १२ मिनेटमै प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भएपछि शिक्षा क्षेत्रमै तरंग फैलिएको थियो। सञ्चार माध्यममा समाचार आएलगत्तै शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाले तत्काल छानबिन टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो।
प्रारम्भिक अनुसन्धानमै निरीक्षक रावतको लापरबाही पुष्टि भएपछि उनलाई तुरुन्तै परीक्षा केन्द्रबाट हटाइएको इकाइले जनाएको छ। इकाइ प्रमुख रमेश लुवारका अनुसार रावतलाई निष्कासन गर्नुका साथै आगामी दुई वर्षसम्म कुनै पनि परीक्षा केन्द्रमा निरीक्षकको जिम्मेवारी नदिने निर्णय गरिएको छ।
उनले परीक्षा जस्तो संवेदनशील विषयमा यस्तो कमजोरी असह्य हुने बताउँदै दोषीमाथि कारबाही नगरे सम्पूर्ण प्रणाली नै कमजोर बन्ने चेतावनी दिए घटना पछि केन्द्राध्यक्षलाई नयाँ निरीक्षक व्यवस्था गर्न निर्देशन दिइएको छ भने हाल वैकल्पिक व्यवस्था गरी परीक्षा सञ्चालनलाई निरन्तरता दिइएको जनाइएको छ।
प्रश्नपत्र चुहावट जस्तो घटनाले परीक्षा प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको भन्दै अभिभावक तथा विद्यार्थीहरूले चिन्ता व्यक्त गरेका छन्।
जुम्लामा पछिल्लो समय परीक्षा व्यवस्थापनसँग सम्बन्धित विवादहरू बारम्बार सार्वजनिक हुन थालेका छन्। यसअघि पनि दुर्गा माध्यमिक विद्यालयमा यस्तै प्रकरणमा केन्द्राध्यक्ष र निरीक्षकलाई पदमुक्त गरिएको
















