जुम्लामा पहिलोपटक प्राथमिक तहका विद्यार्थीहरूलाई लक्षित गर्दै प्याब्सन ग्रासरुट फुटबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जुम्लाको आयोजनामा चैत २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत दिइएको हो।
प्याब्सन जुम्लाका अध्यक्ष टासी दोन्डुप लामाका अनुसार प्रतियोगितामा जिल्लाभरका १७ टिम सहभागी हुनेछन्, जसमा १२ छात्र र ५ छात्रा टिम रहेका छन्। प्रतियोगितामा सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ भने विजेता र उपविजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक विद्यालयका लागि टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ।
अध्यक्ष लामाले जुम्लाको शैक्षिक तथा खेलकुद इतिहासमै पहिलोपटक साना विद्यार्थीहरूलाई लक्षित गरी यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको उल्लेख गर्दै यसले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि र क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
यस प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा खेलकुद प्रतिभा पहिचान गर्नुका साथै शारीरिक दक्षता, रणनीतिक सोच, टीमवर्क, अनुशासन र नेतृत्व क्षमताको विकास गर्नु रहेको छ। साथै, नियमित खेलकुद गतिविधिले विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतियोगितालाई सफल बनाउन होटल कान्जिरोवा, नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, देउती स्टेसनरी, वेदान्त पब्लिकेसन लगायतका विभिन्न संस्थाहरूले सहयोग गर्ने भएका छन्।
चैत २६ गतेबाट सुरु हुने प्रतियोगिता २८ गते समापन
















