शुक्रबार, २० चैत्र, २०८२

कनका सुन्दरी माध्यमिक विद्यालय लुड्कु, सिजा, जुम्लामा एसईई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न

कनका सुन्दरी माध्यमिक विद्यालय लुड्कु, सिजा जुम्लामा आज बिहान ८ बजेदेखि एसईई परीक्षा सुरु भएको छ । परीक्षा अत्यन्त शान्तिपूर्ण वातावरणमा सुरु भएको छ भने सुरक्षा व्यवस्था पनि निकै राम्रो रहेको छ ।

परीक्षा केन्द्रमा सुरक्षा कर्मीहरू हाटसिजा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी गोठिज्युलाबाट खटिएका थिए । परीक्षाको लागि स्थानीय स्तरमा राम्रो सुरक्षा व्यवस्था मिलाइएको थियो ।

यो परीक्षा केन्द्रमा कोटधर , खिच्चने, बुडु कोईलिचौर मालिकाबोता, बुम्रमाणि चैर लगायतका ६ वटा विद्यालयका विद्यार्थीहरू सहभागी छन् ।

कुल १६७ जना परीक्षार्थी मध्ये १६५ जना नियमित र २ जना आंशिक परीक्षार्थी रहेका छन् । १६७ जना मध्ये ५ जना विद्यार्थीहरू आजको परीक्षामा अनुपस्थित रहेका छन् ।

कनका सुन्दरी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन बहादुर रोकाया पनि परीक्षा केन्द्रमा पुगेर निरीक्षण गरेका थिए । उनले परीक्षा व्यवस्थापन, सुरक्षा तथा विद्यार्थीहरूको अवस्थाबारे जानकारी लिएका थिए ।

परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न होस् भन्नेमा सबैको ध्यान रहेको छ । परीक्षार्थीहरूलाई सफलताको शुभकामना दिइएको छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार