बिहीबार, १२ चैत्र, २०८२

जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण

जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान तथा आवश्यक उपचार र परामर्श प्रदान गर्ने उद्देश्यले चैत १० गते स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वयमा जनस्वास्थ्य कार्यालय जुम्लाले आयोजना गरेको कार्यक्रममा ७६ मध्ये ६२ जना कैदीबन्दीको परीक्षण गरिएको हो।

विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले सामान्य शारीरिक परीक्षणसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान गरेका छन्।

परीक्षणका क्रममा २१ जनालाई मानसिक स्वास्थ्य परामर्श दिइएको, ९ जनालाई क्षयरोग परीक्षणका लागि सिफारिस गरिएको र १० जनामा उच्च रक्तचाप देखिएको जनाइएको छ।

कारागारभित्र लामो समय बस्दा देखिन सक्ने तनाव, चिन्ता, डिप्रेसन र अनिद्राजस्ता समस्यामा केन्द्रित भएर परामर्श दिइएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण शर्माले बताए।

सामान्य रोग देखिएका कैदीबन्दीलाई औषधि वितरण गरिएको र जटिल अवस्थाका बिरामीलाई थप उपचारका लागि सिफारिस गरिएको छ।

विश्व क्षयरोग दिवसको अवसरमा सञ्चालन गरिएको कार्यक्रममा फलफूल समेत वितरण गरिएको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार