मंगलवार, १० चैत्र, २०८२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘होटेल भ्याली भ्यु’को नयाँ क्यान्टिन सञ्चालन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन अगाडि आजदेखि ‘होटेल भ्याली भ्यु’को शाखा क्यान्टिन औपचारिक रूपमा उद्घाटन गरिएको छ।

प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थितिमा एक विशेष कार्यक्रमका बीच उक्त क्यान्टिनको सुरुवात गरिएको हो।

क्यान्टिन उद्घाटन समारोहमा प्रतिष्ठानका उपकुलपति डा. पुजन कुमार रोकाय, रजिस्ट्रार लक्ष्मीचन्द महत र शिक्षाध्यक्ष डवल धामी लगायतको सहभागिता रहेको थियो।

होटेल म्यानेजर गोविन्द भक्रीका अनुसार जुम्लाको बसपार्कस्थित मुख्य होटलमा उपलब्ध हुने सबै प्रकारका परिकारहरू अब प्रतिष्ठानको यस शाखा क्यान्टिनमा पनि उपलब्ध हुनेछन्।

म्यानेजर भक्रीले भने, ‘हामीले बसपार्कको होटलमा भन्दा केही सस्तो मूल्यमा यहाँ सेवा दिने व्यवस्था मिलाएका छौँ।’

उनका अनुसार विशेष गरी अस्पतालमा आउने बिरामी, कुरुवा, प्रतिष्ठानका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई स्वस्थ र गुणस्तरीय खानाको सहज पहुँच पुर्‍याउने उद्देश्यले यो क्यान्टिन सञ्चालनमा ल्याइएको हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार