राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता सर्वसम्मतरुपमा बालेन्द्र शाह (बालेन)लाई चयन गर्ने भएको छ।
यसअघि रास्वपामा प्रवेश गर्दै गर्दा बालेनलाई प्रधानमन्त्रीकारुपमा अगाडि सारिएको थियो।
सोहीअनुसार संसदीय दलको नेता बनाउन पनि मतदान नगर्ने र सर्वसम्मत चयन गरिने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बालेन रास्वपाका वरिष्ठ नेतासमेत हुन्। उनलाई संसदीय दलको नेतामा चयन गर्न यही चैत्र १२ गते रास्वपाको केन्द्रीय समिति बैठक बस्ने तय भएकोसमेत बुर्लाकोटीले बताए।
चैत १२ गते नै नवनिर्वाचित सांसदहरूले शपथ लिने तयारी भएको छ भने चैत १३ गते रास्वपाले सरकार गठन गर्ने पनि तयारी भइरहेको छ।
















