वन डढेलो नियन्त्रणका लागि सुरक्षा निकायलाई अभिमुखिकरण र सामग्री हस्तान्तरण

डिभिजन वन कार्यालय जुम्लाले वन डढेलो नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाका तीनै सुरक्षा निकायलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको छ। वन डढेलो नियन्त्रण सप्ताह अन्तर्गत शुक्रबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विपद् युनिटलाई सामाग्री प्रदान गरिएको हो। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरेका हुन्। डिभिजन वन कार्यालय […]
अभियान र एकताले सम्भव बनायो चमत्कार घोराही १२ को तल्लो बसन्तपुरमा पानीको मुक्ति

घोराही–१२ स्थित तल्लो बसन्तपुर गाउँले केही महिनाअघि भोग्दै आएको पिउने पानीको चरम अभाव अहिले विगत बनेको छ। “घोराही बनाऔं अभियान” को सहजीकरण र स्थानीयवासीको सक्रिय सहभागिताले गाउँमा पानीको सहज पहुँच सुनिश्चित भएको हो। पहिले एक गाग्री पानीका लागि रातभर पालो कुर्नुपर्ने बाध्यता झेल्दै आएका यहाँका बासिन्दा अहिले बिहान र साँझ नियमित रूपमा धारा मार्फत पानी […]
निर्वाचनको महिना दिन नबित्दै उपत्यकाबासीको गुनासोः रास्वपाका सांसद न फोन उठाउँछन् न भेट्न दिन्छन् !

रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले केही दिनअघि सचिवहरुलाई फोन गर्दै ठूला निर्णय नगर्न निर्देशन दिए । रास्वपाले गौरीबहादुर कार्कीको आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न रोक लगाइरहेको छ । अनि रास्वपामा सुशासन छ ? त्यो प्रतिवेदन त सार्वजनिक गरेर कार्यान्वयनमा लैजान लगाउनुपर्थ्यो। राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं उपत्यकामा […]
बालेनलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता बनाउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता सर्वसम्मतरुपमा बालेन्द्र शाह (बालेन)लाई चयन गर्ने भएको छ। यसअघि रास्वपामा प्रवेश गर्दै गर्दा बालेनलाई प्रधानमन्त्रीकारुपमा अगाडि सारिएको थियो। सोहीअनुसार संसदीय दलको नेता बनाउन पनि मतदान नगर्ने र सर्वसम्मत चयन गरिने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बालेन रास्वपाका वरिष्ठ नेतासमेत हुन्। उनलाई संसदीय दलको नेतामा चयन गर्न यही […]
आएकी काठमाडौँकी एक महिला पर्यटकको मृत्यु

रारा ताल घुम्न आएकी एक महिला पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका निवासी ३० वर्षीया सदीक्षा घिमिरे रहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरिक्षक रबिराज थपलियाले जानकारी दिए। उनको घिमिरेको शुक्रबार बिहान ७:२५ बजे जिल्ला अस्पताल मुगुमा उपचारकाक्रममा मृत्यु भएको हो। उनी आफ्ना दुई साथीहरूसँग चैत ३ गते रारा भ्रमणका लागि मुगु […]
विश्व मुख स्वास्थ्य दिवस: देशभर जनचेतना र निःशुल्क दन्त शिविर संचालन गर्दै डेन्टल एसोसिएसन

विश्व मुख स्वास्थ्य दिवस का अवसरमा नेपालमा ‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने मूल नारासहित विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। विश्व दन्त महासंघको आह्वानमा नेपाल डेन्टल एसोसिएसनले देशभर साताव्यापी रूपमा निःशुल्क मुख तथा दन्त परीक्षण सेवा सञ्चालन गरेको जनाएको छ। चिकित्सकहरूले मुख स्वास्थ्यले व्यक्तिको आत्मविश्वास र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने डेन्टल एसोसिएसनका केन्द्रीय सदस्य […]
साफ यू–२० च्याम्पियनसिप: धर्मेन्द्रको कप्तानीमा नेपाली टोली माल्दिभ्स प्रस्थान

माल्दिभ्समा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि जुम्लाका धर्मेन्द्र कुँवरको कप्तानीमा २३ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घोषणा गरेको टोलीको नेतृत्व २० वर्षीय कुँवरले गर्नेछन्, जो जुम्लाको तातोपानी–७ सर्मीगाउँका स्थायी बासिन्दा हुन्। मार्च २३ देखि अप्रिल ३ सम्म चल्ने यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा […]
वन तथा वातावरण मन्त्रालयमा मन्त्री माधव चौलागाईंका सय दिन

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनु द्विपक्षीय सहकार्यको दृष्टिले अर्को महत्वपूर्ण कदम हो। यसले सीमापार जैविक विविधता संरक्षणमा सहकार्य विस्तार गर्ने आधार तयार गरेको छ। मन्त्री माधव चौलागाईंले वन तथा वातावरण मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिन पूरा भएको अवसरमा सार्वजनिक गरिएको प्रेस नोटले छोटो अवधिमा पनि नीतिगत, संस्थागत र कार्यक्रमगत तहमा […]





