सोमबार, २ चैत्र, २०८२

सुर्खेतमा बलात्कार पछि हत्या गरिएकी बालिकाको न्यायका निम्ति पत्रकार महासंघ जुम्लाको ध्यानाकर्षण

सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–१ निवासी १६ वर्षीया बालिका इनिसा विकको बलात्कारपछि भएको विभत्स हत्या घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा जुम्लाले गम्भीर ध्यानाकर्षण जनाएको छ।


महासंघले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

फागुन २३ गते भएको उक्त घटनापछि इनिसाका आफन्त तथा अधिकारकर्मीहरू आन्दोलनमा उत्रिएका छन् भने परिवारले अझै शव नबुझेको अवस्था रहेको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको जनाइएको छ।

महिला तथा बालबालिकामाथि भइरहेका हिंसात्मक घटनाले समाज त्रसित बनेको भन्दै महासंघले निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेको छ।

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मसन बहादुर रावलले उक्त ध्यानाकर्षण पत्र सम्बन्धित निकायमा पठाइने बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार