प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि जुम्लामा यो पटकको निर्वाचनमा ५७.४४ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार जिल्लाका कुल ७१ हजार ७ सय ३९ मतदातामध्ये ४१ हजार २ सय १० जनाले मतदान गरेको बताएका छन्।
आज खसेको कुल मतमध्ये महिलातर्फ २१ हजार १ सय ४६ र पुरुषतर्फ २० हजार ६४ जनाले मतदान गरेका हुन्। यस तथ्याङ्कअनुसार जुम्लामा पुरुषभन्दा महिला १ हजार ८२ जना महिला बढी संख्याले मतदान गरेका छन्।
विभिन्न स्थानबाट रातिको १ बजेसम्म मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने प्रजिअले जानकारी दिए।
साथै उनले मतगणना भोलि बिहान ७:०० बजेबाट सुरु हुने जानकारी समेत दिएका छन्।














