बिहीबार, ७ फाल्गुन, २०८२

जुम्ला गाडी दुर्घटनाबाट गम्भीर घाइते भएका एकजनालाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

बिहीबार जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

दुर्घटनाबाट गम्भीर घाइते हिमा -२ का धमेन्द्र राेकायालाई हेलिकप्टर मार्फत उद्वार गरिएको हाे। उनी निर्वाचन प्रहरी समेत हुन।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार बिहीबार दिउँसो १२ बजे गाडी दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका थिए।

अन्य घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रतिष्ठानका निर्देशक डा. कमल थानीले बताए। उनका अनुसार उनीहरुको अवस्था सामान्य छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार