जुम्लाको तातोपानी गाउँपालिका ६ धौलापानी नजिकै भ्यान गाडी ट्याक्टरसँग ठोकिएर दुईजना निर्वाचन प्रहरीसहित ७ जना घाइते भएका छन्।
आज दिउँसो अन्दाजी १२:०० बजेतिर भे १ ज ८१८ नम्बरको गाडी जुम्ला बजारदेखि नाग्मसम्म जाने क्रममा दुर्घटनामा परेको हो।
दुर्घटना परेर जुम्लाका सातजना घाइते भएका छन्। जसमा निर्वाचन प्रहरी समेत रहेका हिमा २ ओदिका २१ वर्षिय धर्मेन्द्र रोकाय गम्भीर घाइते भएका छन्।
अन्य घाइते हुनेमा तिला १ कि ३५ वर्षिया मेनुका बुढा पातारासी ४ कि २१ वर्षिया माया नेपाली तिला २ का २१ वर्षीय पारस रावत तातोपानी ३ कि ४८ वर्षीया कुनि सुनार तातोपानी २ लोकेश खड्का गाडी चालक (आँखा र खुट्टामा चोट) त्यस्तै अर्का निर्वाचन प्रहरी तिला २ कै टेकेन्द्र रावत घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबू रेग्मिका अनुसार भ्यान गाडी ट्याक्टरसँग ठोकिएर सडकबाट करिब ४० मिटर तल खसेको हो।
उनले भने ‘घटना हुने खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल घटना स्थलमा पुगेर उद्दार कार्य गरेर घाइतेहरूको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान ल्याइएको छ।’
घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ।
















