बुधबार, २१ माघ, २०८२

कर्णालीका मौलिक चाडपर्व ०८३ को नेपाली पात्रोमा समावेश गर्ने तयारी

कर्णाली प्रदेशमा मनाइने मौलिक चाडपर्वहरूलाई २०८३ सालको नेपाली पात्रोमा समावेश गर्ने विषयमा सोमबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईँको पहलमा सम्पन्न बैठकमा समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकाल, कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी तथा सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकमा कर्णाली क्षेत्रमा प्रचलित मौलिक चाडपर्वहरूको पहिचान, तिनको सांस्कृतिक महत्त्व तथा नेपाली पात्रोमा समावेश गर्ने प्रक्रियाबारे विस्तृत छलफल गरिएको थियो।

साथै, कर्णालीको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका उपायहरूबारे पनि छलफल भएको बताइएको छ।

सो अवसरमा मन्त्री चौलागाईँले कर्णालीका चाडपर्वहरू नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै तिनलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न नेपाली पात्रोमा समावेश गर्नु आवश्यक रहेको धारणा राखे।

उनले मौलिक संस्कृतिको संरक्षण मार्फत स्थानीय पहिचान मजबुत बनाउँदै राष्ट्रिय एकता प्रवर्द्धन गर्न यस्तो पहल प्रभावकारी हुने विश्वास व्यक्त गरे।

बैठकले आगामी वर्ष २०८३ देखि नेपाली पात्रोमा कर्णालीका चाडपर्वहरू समेट्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको सरोकारवालाहरूले बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार