बुधबार, २१ माघ, २०८२

ब्रेकिङ : बालेन साह जुम्ला आउँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जुम्ला आउने भएका छन्।

चुनावी प्रचार अभियान अन्तर्गत साह शुक्रबार साँझ जुम्ला पुग्ने कार्यक्रम रहेको छ। जुम्ला पुगेपछि उनले प्रसिद्ध चन्दननाथ मन्दिरको दर्शन गर्ने र त्यसपछि पातारासी क्षेत्रमा समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

रास्वपाकी उम्मेदवार विनिता कठायतका अनुसार, बालेन साहको आगमनले जुम्लामा पार्टीको चुनावी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

उनका अनुसार साहले स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गर्दै पार्टीको नीति र कार्यक्रमबारे जानकारी दिनेछन्।

साहको आगमनलाई लिएर जुम्लामा रास्वपाका कार्यकर्ताहरू उत्साहित देखिएका छन्। उनीहरू चुनावी तयारीलाई थप मजबुत बनाउने तयारीमा जुटेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार