बुधबार, २१ माघ, २०८२

जुम्लामा शाही कि भण्डारी ?

नरेश भण्डारीलाई विकासवादी, दूरदर्शी, क्षमतावान् तथा कुशल नेतृत्वसिप भएको नेताका चिनिन्छ भने शाही स्पष्ट र खरो वक्ता तथा संसदमा कर्णालीकै आवाज उठाउने, युवामाझ सम्भवतः नेपालले नै रुचाएका युवा नेताका रूपमा परिचित छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। जसमा रा.प्र.पा. प्रवक्ता तथा निवर्तमान प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाही र नेपाली कम्युनिस्ट पार्टीका २०६४ सालका संविधानसभा सदस्य, कर्णाली प्रदेशका पूर्व कानुन तथा न्यायमन्त्री नरेश भण्डारीबीचको प्रतिस्पर्धाले नेपालभर विशेष ध्यान केन्द्रित गराएको छ।

यद्यपि अन्य उम्मेदवारहरू योग्य, सबल, सक्षम, कुशल, दूरदर्शी र क्षमतावान् होइनन् भन्ने पक्कै भन्न खोजिएको होइन। यो मेरो नितान्त व्यक्तिगत बुझाइ मात्र हो।

नरेश भण्डारीलाई विकासवादी, दूरदर्शी, क्षमतावान् तथा कुशल नेतृत्वसिप भएको नेताका चिनिन्छ भने शाही स्पष्ट र खरो वक्ता तथा संसदमा कर्णालीकै आवाज उठाउने, युवामाझ सम्भवतः नेपालले नै रुचाएका युवा नेताका रूपमा परिचित छन्।

राष्ट्रिय राजनीतिमा प्रतिनिधिसभाका लागि प्रतिनिधि छनोटमा जुम्लाको लागि उत्तम विकल्प शाही नै हुने देखिन्छ, किनकि उनी रा.प्र.पा.का प्रवक्ता तथा पार्टीको केन्द्रीय मुख्य भूमिकामा रहेका र भविष्यमा रा.प्र.पा.को अध्यक्षसम्म पुग्न सक्ने क्षमतावान् व्यक्ति हुन्।

उनले पछि गएर जुम्लालाई अझै बढी योगदान गर्ने व्यक्ति हुन्। उनी आफ्नो पार्टीका हरेक नीतिगत निर्णय तहमा हुने भएकाले यसले जुम्लाका लागि धेरै नै फाइदा पक्कै गर्नेछ।

अर्को कुरा, राष्ट्रिय राजनीतिमा बलियो प्रभावको फाइदा जुम्लाले पक्कै लिनेछ र यसको उदाहरण पनि आसन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रतिनिधित्वतर्फ जुम्लाबाट रा.प्र.पा.बाट मात्र ४ जनाको नाम समावेश हुनु हो। हो, यही हो राष्ट्रिय राजनीतिमा हुने प्रभाव।

यद्यपि भण्डारी पनि विज्ञ, विकासवादी, दूरदर्शी र कुशल नेतृत्वसिप भएका, २०६४ मा प्रतिनिधिसभा सदस्य भइसकेका, राष्ट्रिय राजनीतिमा खासै बलियो प्रभाव नभए पनि प्रादेशिक राजनीतिमा बलियो प्रभाव भएका तथा एकपटक प्रदेशमन्त्री (कानुन तथा न्यायमन्त्री) भइसकेका व्यक्ति हुन्। अबको मुख्यमन्त्रीको मुख्य उम्मेदवार किन नबन्ने ?
नेपाल सरकारको शक्तिशाली मन्त्रालयको मन्त्री हुन/पाउन ४० वर्ष कुर्नु परेको जुम्लाले, देश संघीयतामा गएको कति समय र कति वर्षपछि मुख्यमन्त्री पाउने ? यो मेरो प्रश्न पनि हो।

अब त्यसलाई सहजै भन्न सकिने अवस्था रहेन। तर समयमै मुख्यमन्त्री पाउने जुम्ला र जुम्ली जनताको सपनालाई साकार पार्न सक्ने क्षमतावान् व्यक्ति कोही हो भने त्यो नरेश भण्डारी बाहेक अरू न शाही हुन्, न अरू कुनै व्यक्ति, न त भगवान् नै। त्यसैले प्रदेशमा भण्डारी र प्रतिनिधिसभामा शाही छनोट गर्दा जुम्ली जनताले पछुताउनु नपर्ला।

तर यसपटकको निर्वाचनमा शाही र भण्डारीमध्ये जसले हारे पनि समग्र जुम्लाले हार्ने निश्चित छ, किनकि यी दुवै आदरणीय नेताहरू जुम्लाको विकास, उन्नति, प्रगति र समृद्धिका लागि अपरिहार्य छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार