सोमबार, १२ माघ, २०८२

जुम्लामा यो वर्षकै पहिलो हिमपात हुँदा किसान खुसी

जुम्लामा लामो समयपछि यस वर्षको पहिलो हिमपात भएको छ। शुक्रबार रातिदेखि सुरु भएको हिमपातले लामो समयदेखि खडेरीको मार खेप्दै आएका यहाँका किसानहरूमा खुसी छाएको छ।

तिला गाउँपालिका ३ का स्थानीय किसान रामबहादुर तिरुवाका अनुसार अहिले खेतबारीमा लगाएको जौं र गहुँ बालीले सिँचाइ पानी नपाउदा सुक्का भएको थियो। यस्तो समयमा हिमपात हुँदा खेतीपातीका लागि निकै ठूलो राहत पुग्ने र हिउँले जमिनमा पर्याप्त चिस्यान कायम गराउने भएकोले अब लगाएको बाली राम्रोसँग सप्रिने आशा पलाएको छ ।

अर्का जुम्लाका स्थानीय किसान नन्दराम सार्कीले हिउँ नपर्दा खेतीपाती सखाप हुने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै अहिले हिउँ परेपछि आफू निकै हर्षित भएको बताएका छन् ।

‘अब लगाएको बालीले केही न केही उब्जनी दिनेमा हामी ढुक्क छौंं’ , उनले भने।

माघ महिनामा भएको यो वर्षा र हिमपातले हिउँदे बाली निकै राम्रो हुनेमा यहाँका कृषकहरू विश्वस्त देखिएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार