सोमबार, १२ माघ, २०८२

भिम प्रज्वलका तीन मुक्तक

तिम्रा हरेक गल्ति माफ गरिदिएँ
नगर कर अति माफ गरिदिएँ
घुर्की, धम्की सहुँला अचानो बनी
आयु बढाउँ कति माफ गरिदिएँ

मायाका गल्ती क्षम्य हुन्छन
कयौं अज्ञात सौम्य हुन्छन
तिमी आँट ! बढाउ कदम
हौ साहस ! अदम्य हुन्छन ।

लैजाउ आँखा अनि सपना लैजाउ
भुल्न लागेका पनि सपना लैजाउ
बन्जर बसौँला फसल नहोला क्यै
बन सपनाको धनी सपना लैजाउ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार