बिहीबार, २१ फाल्गुन, २०८२

कर्णालीलाई विश्वसामु चिनाउन मेरो उम्मेदवारी: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी कुनै दल विशेष विरुद्धमा नभई कर्णालीको आवाज दबाउनेहरूको विरुद्धमा भएको बताएका छन्।

आसन्न निर्वाचनको सन्दर्भमा आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले चुनाव जितेर संसदमा पुगेपछि पनि कर्णालीको मुद्दा नउठाउने प्रवृत्तिको आलोचना गरिरहने बताएका हुन्।

‘मेरो उम्मेदवारी कुनै पार्टीका विरुद्ध होइन, कुनै दलका विरुद्ध होइन,चुनाव जितेर आएर पनि संसदमा कर्णालीको आवाज उठाउन नसक्नेका विरुद्ध हो। सधैँ काठमाडौंका नेताहरूको चाकडी गर्नेका विरुद्ध हो’ , उनले भने।

शाहीले कर्णालीको विकास, समृद्धि र यहाँका सम्भावनालाई विश्वसामु चिनाउन आफू चुनावी मैदानमा पुनः होमिएको जिकिर समेत गरेका हुन्।

उनले कर्णालीवासी आम मतदातालाई सम्बोधन गर्दै आफूलाई एकपटक अवसर दिन आग्रह समेत गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल