नेपाल तरुण दल जुम्लाको आयोजनामा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा निर्वाचित केन्द्रीय कार्यसमिती सदस्य नेतृ रामदेवी खड्कालाई काठमाडौंमा सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाली कांग्रेसभित्र नवीन सोच, समावेशी नेतृत्व र संगठन सुदृढीकरणमा योगदान पुर्याउँदै आउनु भएकी नेतृ खड्काको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल तरुण दल जुम्लाका जिल्ला अध्यक्ष संजीव रावलले नेतृ खड्कालाई सम्मान गर्दै बधाई ज्ञापन गरेका थिए। उनले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा, आशा र विश्वास पैदा गरेको उल्लेख गर्नुभयो।
गगन थापाको सभापतित्वमा निर्वाचित केन्द्रीय कार्यसमितीले पार्टीलाई समयअनुकूल, रुपान्तरित र जनमुखी दिशामा अघि बढाउने विश्वास व्यक्त गरेका थिए।
सम्मान ग्रहण गर्दै नेतृ रामदेवी खड्काले जुम्ला लगायत कर्णाली क्षेत्रका कांग्रेसजनले देखाएको माया, विश्वास र समर्थनप्रति आभार प्रकट गरिन्।
उनले नेपाली कांग्रेसलाई साझा, लोकतान्त्रिक र सशक्त पार्टी बनाउने अभियानमा सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याइन्। पार्टीको संगठन मजबुत, युवाको सहभागिता र जनतासँगको सम्बन्ध मजबुत बनाउनु नै अहिलेको प्रमुख चुनौती भएको उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेस जुम्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नेतृ खड्काको राजनीतिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा पार्टीको नीति, विचार र संगठन निर्माणमा उहाँको भूमिकाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा नेपाल तरुण दल जुम्लाले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण जुम्ली कांग्रेसजनप्रति धन्यवाद व्यक्त गरेको छ। साथै नवीन, रुपान्तरित र साझा कांग्रेस बनाउने संकल्पमा सम्पूर्ण साथीहरू एकजुट हुने अपेक्षा सहित सबैमा माघे सक्रान्तीको शुभकामना समेत व्यक्त गरिएको छ।
नेपाल तरुण दल जुम्लाको आधिकारिक रुपमा हेम बुढथापालाई अध्यक्ष गरिएपनि आधिकारिक रुपमा नभएको भन्दै अर्को समुहले संजिव रावल सहितो समिति गठन गरेको थियो। सोही समितिले केन्द्रीय सदस्य खड्कालाई सम्मान तथा बधाई कार्यक्रम राखेको हो।














