नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका स्टेशनरी व्यवसायी गणेश रोकाया निर्वाचित भएका छन्।
महासंघको प्रदेशस्तरीय अधिवेशनबाट रोकाया सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्।
नवनिर्वाचित अध्यक्ष रोकायाले पुस्तक तथा स्टेशनरी व्यवसायीका हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले कर्णाली प्रदेशभर रहेका व्यवसायीलाई संगठित गर्दै व्यवसायिक समस्या समाधान, नीतिगत सुधार र पुस्तक तथा स्टेशनरी क्षेत्रको समग्र विकासका लागि पहल गर्ने बताएका छन्।
महासंघले शिक्षा, साहित्य र सूचना प्रवाहसँग प्रत्यक्ष सम्बन्ध राख्ने पुस्तक तथा स्टेशनरी व्यवसायको प्रवर्द्धन गर्दै व्यवसायीबीच सहकार्य र एकताको वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।














