सोमबार, २८ पुष, २०८२

वन मन्त्री माधव चौलागाईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी

नेपाल सरकारका वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।

कुलमान घिसिङले राजिनामा दिएपछि भाैतिक पुर्वाधार तथा यातायात मन्त्रालयकाे जिम्मा चौलागाईंलाई दिइएको हो।

कुलमानले समालेका अन्य मन्त्रालयहरू अरु मन्त्रीलाई जिम्मा दिइएको छ। चौलागाँई सहित तीन मन्त्रीलाई थप जिम्मेवारी थपिएको हो।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बन्धित मन्त्रीहरूलाई कार्यभार प्रदान गरेका हुन्।

राष्ट्रपतिको कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिअनुसार ऊर्जा मन्त्रालयको कार्यभार अनिल सिन्हालाई दिइएको छ। त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी माधव प्रसाद चौलागाईँलाई र सहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामलाई तोकिएको वन मन्त्री माधव चौलागाईका प्रमुख स्वकीय सचीव राजेन्द्र अधिकारीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार