सोमबार, २८ पुष, २०८२

नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा इन्चार्ज तोकेको छ

हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी प्रदान गरिएको हो।


४० वर्षमुनिका युवा केन्द्रीय सदस्य दैलेखका सुशीलकुमार थापालाई एमालेले रुकुमपश्चिमको इन्चार्ज तोकेको छ।

रुकुमपश्चिम नेकपाको जनआधार बलियो भएको जिल्ला हो। 

यस्तै नेकपा एमाले सुर्खेत, कालिकोट, सल्यान, हुम्ला लगायत जिल्लामा भने पुरानै नेताहरूलाई पुनः इन्चार्जको जिम्मेवारी दिइएको छ।

जसअन्तर्गत पार्टी केन्द्रीय सदस्यहरू सुर्खेतमा नवराज रावत, जाजरकोट डम्बरबहादुर सिंह, दैलेख मीनासिंह रखाल छन्। 

डोल्पा बद्मीक्वारी बुढा (बोहरा), जुम्ला युवा नेता दानसिंह परियार र हुम्ला दल रावललाई इन्चार्जको जिम्मेवारी दिइएको छ।

यस्तै, मुगु जीतबहादुर मल्ल, सल्यान गोविन्द पुन, कालिकोट नगेन्द्र शाही (नेसनल) र रुकुमपश्चिम सुशीलकुमार थापा इन्चार्ज तोकिएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार