आईतवार, १७ फाल्गुन, २०८२

जुम्लाका अटो व्यवसायीहरू आन्दोलित

जुम्लाका अटो व्यवसायीहरू आन्दोलित भएका छन्। जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि आज दिउँसोबाट अटो सहित आन्दोलन गरेका हुन्।

प्रशासन अगाडि अटोहरू रोकेर प्रशासन विरुद्ध नारा लगाउदै अटो व्यवसायीहरू आफ्ना मागहरू राख्दै आन्दोलनमा उत्रिएका छन्।

अटो व्यवसायी चन्द्रबहादुर डाँगीले भने ‘जिल्ला प्रशासन कार्यालयले अटो व्यवसायीको आवाजको सुनुवाइ गरेको छैन्। रोड अनुमति लागि आन्दोलन गरेका हौं।’,उनले भने।

त्यस्तै अर्का अटो व्यवसायी अर्जुन नेपालीले प्रशासन कार्यालयमा बारम्बार विज्ञप्ति बुझाउदा पनि माग पूरा नगरेको बताए।

अटो व्यवसायी जीवन सुनारका अनुसार अटो व्यवसायीहरूले राखेका माग पूरा नभएरसम्म आन्दोलन गरिराख्ने बताएका छन्।

यता जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख प्रजिअ दीपक पौडेलले अटो व्यवसायीलाई भोलि १ बजेको लागि वार्तामा बोलाइएको बताएका छन्।

त्यस्तै उनले अटोहरूले एक पालिकाबाट अर्को पालिका जान कानूनी रुपमा अनुमति नभएको बताएका छन्।

अटो चालकहरूका अनुसार माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएका छन्। भने उनीहरू अहिले पनि जिल्ला प्रशासन कार्यालयको अगाडि आफ्नो मागसहित आफ्ना माग पूरा गर्न दबाब दिइरहेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल