आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फ ६ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
पार्टी जिल्ला कमिटीको छलफलपछि सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरिएको हो।
सिफारिस सूचीअनुसार प्रत्यक्षतर्फ दल बहादुर जिसी, नरेश भण्डारी, रवि किरण, नमराज न्यौपाने, अम्मराज शाही र हरि रावल रहेका छन्।
पार्टीले केन्द्रबाट अन्तिम उम्मेदवार टुंगो लागेपछि चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरिरहेको एक नेताले बताए।
















