शुक्रबार, २९ फाल्गुन, २०८२

सात प्रतिबद्धता सहित छेडागाड १३ बालमैत्री वडा घोषणा‎

जाजरकोटको ‎छेडागाड नगरपालिका वडा नं १३ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८,बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ तथा छेडागाड नगरपालिकाको बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७७ बमोजिम बालमैत्री स्थानीय शासनका ५१ सुचकहरु पुर्ण कार्यन्वयन गरि दिगोपन सुनिश्चितता सहित सात प्रतिबद्धताका साथ “खुशी राखौँ बालबालिकाको मुहार,बालमैत्री छेडागाड समृद्धिको आधार” भन्ने मुल नाराका साथ वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ।

‎बालश्रम मुक्त, हिंसारहित, बालविवाह निषेधित को आधार तयार भएपछि बालमैत्री वडा घोषणा गरिएको हो।

‎वडाका छ वटा बालक्लव,एक बाल सञ्जाल, विद्यालय,नागरिक समाज, धार्मिक अगुवा समुह,स्थानीय सरकार, स्थानीय गैरसरकारी संस्था लगायत स्थानियहरु को सहभागिता भएको उक्त कार्यक्रम वडा नं १३ को श्री सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

‎”बाल बिवाह अन्त्य गरौं, बालमैत्री वडा निर्माण गरौँ” लगायतका नारा लगाउँदै बिहान बालबालिका र विद्यालयहरूले र्याली प्रदर्शन गरेका थिए। त्यसपछि बाजा समुह र छेडागाड नगरपालिका वडा नं १२ को मयुर नाँच समुह द्वारा अथिति लाई स्वागत तथा सम्मान गरिएको थियो।

‎कार्यक्रममा छेडागाड नगरपालिका १३ का वडा अध्यक्षले सभापतित्व ग्रहण गरेका थिए,भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य खडक बहादुर बिसी रहेका थिए। विषेश अतिथि छेडागाड नगरपालिका वडा नं १२ का अध्यक्ष,छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकाय,गैर सरकारी संस्था महासंघ जाजरकोट का अध्यक्ष सहदेव बस्नेत,पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका निर्देशक टेक बहादुर सुनार,छेडागाड नगरपालिका को शैक्षिक सल्लाहकार इलम शाही लगायतको उपस्थिति थियो।

‎बालबालिकाको प्रतिनिधित्व गरेर नारायणी बालक्लव को सदस्य पुस्तिका सिंहले मन्तव्य राखिन। मन्तव्यमा सिंहले “बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्नु सामान्य काम होइन यो एक प्रकारको चुनौती हो । यस कार्यक्रममा लाइ सामान्य रुपमा नलिई गम्भीर तथा संवेदनशील भइ बालअधिकार सुनिश्चित गर्नुपर्ने हुन्छ।”,उनले भनिन।

‎विद्यालयहरुको प्रतिनिधित्व गर्दै नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश कुमार बस्नेतले मनतव्य राखे। उनले बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्नु मात्र ठुलो कुरा होइन यसलाई दिगो बनाउनु महत्वपूर्ण कुरा हो। बालमैत्री वडा घोषणा गरिरहने बालबिवाह भइरहने हो भने बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्नुको औचित्य नरहेको बताए।

‎बाल मैत्री वडा हुन् बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्र छात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्ता लगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ । वडामा भएका सबै आधारभुत कुरा पुरा गरेको वडा अध्यक्ष मोतिलाल खत्रीले बताए।

‎बालमैत्री वडा घोषणा सँगै सात प्रतिबद्धतामा हस्ताक्षर भएको छ। उक्त प्रतिबद्धता पुरा गर्दै बालअधिकार सुनिश्चितता दिगो बनाउने प्रतिबद्धता सबैले गरी कार्यक्रम सम्पन्न गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार