सोमबार, २८ पुष, २०८२

कांग्रेस सुधार अभियान जुम्लाको संयोजकमा तिला -६ का वडा अध्यक्ष रोकाया

नेपाली कांग्रेस सुधार अभियानले जुम्लामा युवा नेतृत्वलाई अघि सार्दै तिला–६ का वडाध्यक्ष जंग रोकायालाई जिल्ला संयोजक चयन गरेको छ।

शुक्रबार केन्द्रिय संयोजक समितिका संयोजक शिव रिमालले देशभरका जिल्ला संयोजक तोक्ने क्रममा जुम्लाका लागि रोकायाको नाम सार्वजनिक गरिएको हो।

कांग्रेस सुधार अभियानले लामो समयदेखि पार्टीभित्र ४० वर्षमुनिका युवालाई सम्मानजनक स्थान दिनुपर्ने माग उठाउँदै आएको छ। पार्टीका प्रत्येक तहमा युवाको सहभागिता सुनिश्चित गर्न ४० प्रतिशत प्रतिनिधित्व आवश्यक रहेको अभियानको धारणा छ।

सोही उद्देश्यसहित जुम्लामा गठन गरिएको संयोजन समितिको नेतृत्व जिम्मेवारी रोकायालाई दिइएको हो। जिल्ला संयोजक रोकायाका अनुसार पार्टीभित्र रूपान्तरण, पारदर्शिता र सुशासनका लागि निरन्तर खबरदारी गर्नु अभियानको मुख्य लक्ष्य हो।

पार्टीका तर्फबाट तीनै तहका निर्वाचनमा उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था अनिवार्य बनाउनुपर्ने माग पनि समितिले अघि सार्दै आएको छ।

केन्द्रिय संयोजक रिमालका अनुसार विधान संशोधन, लोकतन्त्रको संरक्षण र पार्टीभित्र स्वस्थ बहसका लागि अभियानले देशभर संयोजन समिति गठन गरिरहेको छ।

रोकाया नेपाली कांग्रेस जुम्ला क्षेत्र ‘ख’ का पार्टी सचिवसमेत रहेका छन्। उनी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका हुन्।

नयाँ जिम्मेवारीसँगै उनले जुम्लामा युवाको नेतृत्व सुदृढ बनाउँदै पार्टीलाई आधुनिक र जिम्मेवार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार