शुक्रबार, २९ फाल्गुन, २०८२

कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माद्वारा राजीनामा

पूर्व माओवादीका कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माद्वारा राजीनामा दिएकाछन्।

शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएको जानकारीसहितको पत्र पठाएका हुन् ।

पत्रमा उनले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।’

कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका उनी हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका छन् । उनले हालसम्म सांसद पदबाट भने राजीनामा दिएका छैनन् । 

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार